निर्वाचन आयोग दोलखामा, निर्वाचनमा बुथ कब्जा भए कर्मचारीलाई कार्वाही



चिरञ्जीवी मास्के, दोलखा । निर्वाचन आयुक्त सुधिर शाह र इला शर्माले दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगुमा भएको घट्नाको स्थलगत अध्यन गर्नु भएको छ ।

जुँगुमा बैशाख २६ गते राति माओवादी केन्द्रका कार्यकर्ताहरुले एमालेको तर्फबाट गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ को वडा सदस्यको उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुर तमाङको हत्या गरेको थियो ।

एउटा होटलमा बसीरहेको अवस्थामा माओवादी केन्द्रका नेता पूर्व राज्य मन्त्री देवी खड्काको नेतृत्वको समूहले कुलबहादुर तमाङ र दिलबहादुर बुढाथोकीलाई खुकुरी, लठ्ठी, भाला प्रहार गरी कुटपिट गरेको र तमाङको मृत्यु भएको एमाले दोलखाले जनाएको छ ।

मृतको बुबा गोरे तमाङले माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्का, गंगा कार्की लगाएत ३९ जनाको नाममा कर्तव्य ज्यान मुद्धा दर्ता गरेका छन् ।

स्थानिय प्रशासनले घट्नामा संलग्न रहेको आशंकामा ८ जनालाई पक्राउ गरेको छ भने अन्य आरोपिको खोजि भै रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार (आज) हेलिकप्टरबाट घट्ना स्थल पुगेर फर्कनु भएको निर्वाचन आयुक्त शाह र शर्माले सदरमुकाम चरिकोटमा पत्रकारहरुसंग कुराकानि गर्नुहुदै घट्ना दुःखद भएको बताउनु भयो ।

निर्वाचन आयुक्त शाहले निर्वाचन आयोगले जुँगु घट्नालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुहुदै दोलखामा विशेष सुरक्षा व्यवस्था मिलाईएको बताउनु भयो ।
निर्वाचनको बेला बुथ क्याप्चर हुने र निर्वाचन बिथोलिने अवस्था आए कर्मचारीहरुलाई कार्वाहि हुने निर्वाचन आयुक्त शाहको भनाई छ । मतदाता परिचयपत्रको बारेमा केहि समसया रहेको पाईएकोले मतदान हुने दिन बैशाख ३१ गते पनि मतदाता परचयपत्र लिन सकिने आयुक्त शाहले बताउनु भयो ।

आयुक्त शाह र शर्माले शुक्रवार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाएका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुसंग समेत छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्