‘पत्रकारलाई धम्कीसहित मानसिक तनाव’


नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय तह पहिलो चरण निर्वाचनको मिति नजिकि“दै जाँदा मकवानपुरमा प्रहरी÷प्रशानसले पत्रकारलाई नियन्त्रणमा लिने धम्की दिनुका साथै मानसिक तनाव दिने गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले आपत्ति जनाएको छ ।

महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वतन्त्ररुपमा पत्रकारिता गर्न पाउनु पत्रकारको अधिकारको विषय हु“दाहु“दै डर, धम्की एवम् त्रासमा पत्रकारिता गर्ने अवस्था सृजना हुनु निन्दनीय रहेको महासंघ जिल्ला सचिव गणेशदर्पण अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्थानीय तह निर्वाचनलाई स्वच्छ, मर्यादित एवम् धा“धलीरहित र डरत्रासमुक्त वातावरणमा सम्पन्न गराउने नाममा पत्रकारलाई दिइने मानसिक तनाव कीमार्थ स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा शाखाका साधारण सदस्य जनता जिन्दावाद साप्ताहिकका प्रकाशक तिलक अधिकारीसहित केही पत्रकारलाई प्रहरी÷प्रशासनले मानसिक तनाव दिएको भन्ने स्वयम् पत्रकारहरुबाट गुनासो आएको उल्लेख छ ।

पत्रकारिताको मर्यादाभित्र रही अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरेकै कारण थुनछेक, हतोत्साहन र धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमात्र नभइ संविधान र प्रचलित कानुनविपरीत हुने भएकाले यस्ता कार्य नगर्न प्रहरी÷प्रशासनलाई महासंघले ध्यानाकर्षण गराएको छ ।

पत्रकारलाई निर्भयतासाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघले सम्बन्धित निकायस“ग माग गरेको छ । निर्वाचनको समयमा हुनसक्ने गल्तीलाई ध्यानमा राख्दै आफ्नो पेशागत मर्यादा र सीमामा रहेर पत्रकारिता गर्न पत्रकारलाई अनुरोध गरिएको छ ।