हत्याको अभियोगमा पक्राउ

0
Shares

नेपाल समाचारपत्र, संखुवासभा । मकालु गाउँपालिका–५ चोक्टे बस्ने ४९ वर्षीय पृथ्वीबहादुर लामाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय मोनसिंह तामाङ भन्ने रामबहादुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी झैझगडा गर्ने तामाङले धारिलो हतियार प्रहार गर्दा लामाको घटनास्थलमैे मृत्यु भएको हो । घटना पश्चात् फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा मकालु गाँउपालिका–५ च्याम्ताङ स्थित उनकी छोरीको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।