मकवानपुरमा २ हजार २ सय ७२ प्रहरी


नेपाल समाचारपत्र, हेटौंडा । आइतबार हुने स्थानीय तह पहिलो चरणको निर्वाचनका लागि मकवानपुरमा १ हजार १ सय २५ नेपाल प्रहरी र १ हजार १ सय ४७ म्यादी प्रहरी गरी २ हजार २ सय ७२ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुसार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख उपरीक्षक वसन्तकुमार लामाले बताए ।

संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले मतदानस्थल सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाएको बताउ“दै उनले मकवानपुरमा हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आफूहरु प्रतिवद्ध भएको बताए । नगरपालिकामा २ वटा मोबाइल टोली र गाउ“पालिकामा एउटा माबाइल टोलीले काम गरिरहेको छ ।