अरुको मुख ताक्नु नपर्दाको खुशी


नेपाल समाचारपत्र, हेटौंडा । उनका पति सेनाका जागिरे थिए । अवकासपछि पति हेटौंडामा अटो चलाउ“छन् ।

उषा र पतिको मासिक खर्च कम्तिमा ६० हजार छ । खर्चका लागि कसैको मुख ताक्नु नपर्दा उनीहरुलाई खुशी मिलेको छ । ३ वर्षदेखि खर्चकोे समस्या समाधान भएपछि उनीहरुको परिवार खुशी छ ।
कक्षा ५ सम्ममात्र औपचारिक शिक्षा लिएकी मयुरी चालक उषा न्यौपाने हातमा डिग्रीको प्रमाणपत्र बोकेर निधारबाट पसिना चुहाउ“दै काम खोज्ने पुस्ताका प्रेरणाको स्रोत बनेकी छन् । उनले यही काम गरेर छोराछोरीलाई पढाउ“दै आएकी छिन् । भन्छिन्–जतिसुकै दुःख होस्, बच्चाबच्चीलाई राम्ररी पढाउ“छु ।
केही गर्न सकि“दैन भन्ने महिलाका लागि उनी केही काम गर्न सुभाव दिन्छिन् । ‘यही पेशा गर्नुपर्छ भन्ने छैन, तर केही गर्नसके स्वास्थ्य पनि राम्रो रहन्छ । आम्दानी भएपछि परिवार पनि सुखी रहन्छ,’ उनले भनिन् ।
धुलोमा दिनभरि मयुरी चलाउ“दा अप्ठ्यारो त हुन्छ नै । तर, परिवार पाल्न उनले गरेको मेहनत बुझ्नेलाई काफी छ । ‘नेपालमा श्रमको सम्मान हुन नसक्दा दैनिक हजारौं युवा विदेशिनु परेको छ । तर, सानातिना कामप्रति ध्यान छैन । गर्ने हो भने नेपालमै केही हुन्छ’, उनले स्वदेशमै बसेर केही गर्न आग्रह गरिन् ।