भोट हाल्न विस्थापित गाउँ फर्के


नेपाल समाचारपत्र, रसुवा । भूकम्पका कारण गाउँबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा वसिरहेका भूकम्प प्रभावित गाउँ फर्किएका छन् ।

आइतबार हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्नका लागि विस्थापितहरु गाउँ फर्किएका हुन् । जिल्लाको हाकु, डाँडागाउँ र ठुलोगाउँबाट विस्थापित भएर जिल्लाको लहरेपौवा, धुन्चे, धैबुङ लगायतका क्षेत्रमा वसिरहेका उनिहरु उम्मेदवार छान्नका लागि गाउँ पुगेका छन् ।

भूकम्प गएको दुई वर्ष वित्दा समेत सरकारले गाउँ फर्काउनका लागि उचित कदम नचालेका कारण निरास भएका विस्थापितहरु गाउँमा नै स्थानीय सरकार हुने भएकाले पुर्नवासको आसमा भोट हाल्न हतारिएका छन् ।

नयाँ संरचना अनुसार पार्वतीकुण्ड गाउँपालिकामा पर्ने हाकुमा चुनावको लागि एउटा मतदान केन्द्र राखिएको छ । हाकुमा छ सय १४ जना मतदाता रहेका छन् ।