नेपाल समाचारपत्र, बैतडी । महाकाली नदीमा बगेर बेपत्ता भएका एक भारतीय नागरिक गएराती दार्चुलामा मृत फेला परेका छन ।
मृत फेला पर्नेमा भारतको पिथौरागढ धार्चुलाका ३४ बर्षिय रविन्द्र गाब्र्याल रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले खोजी गर्दै जादा गएराती ९ बजे दार्चुलाको महाकाली ९ सकार भन्ने ठाँउमा महाकाली नदी किनारमा रविन्द्र मृत फेला परेका हुन ।
बिहीवार भारतको धार्चुलामा महाकाली नदी किनारमा बालुवा निकाल्दै गरेका बेला एक्कासी नदीमा पानीको बहाव बढेपछि रविन्द्र बेपत्ता भएका थिए ।
बिहीवार दिउँसो महाकाली नदीले बगाउने बेला पनि रविन्द्रलाई नेपाल र भारत दुवै तर्फका सुरक्षाकमीहरुले उद्धार गर्न प्रयास गरे नदीको तीव्र बहावका कारण उद्धार गर्न सकिएको थिएन ।











प्रतिक्रिया