भक्तपुरमा सिडिण्डर बम बिस्फोट


पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले गएराती सिलिण्डर बम बिस्फोट भएको छ ।

दुवाकोटको काठमाण्डौ मेडिकल कलेज नजिकै राप्रपाका नेता माधव खत्रीको घर अगाडि राती करिब ३ बजे ठूलो आवाज आउने गरि सिलिण्डर बम विस्फोट भएको हो ।

बम विस्फोट हुँदा खत्रीको घरको ८ वटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

घट्नाको प्रहरीले अनुसन्धान सुरु गरी घट्नामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलीयाले बताउनुभयो । यसअघि बुधबार राती १२ बजे लोकन्थलीमा पनि सिलिण्डर बम विस्फोट गराउने तयारी गर्दै गर्दा नेपाली सेनाको टोलीले निष्क्रीय पारेको थियो ।