यातायात व्यवस्था कार्यालय लहानमा बम विस्फोट



फिरोज सिद्दिकी, सिराहा । सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा शक्तिशाली कुकर बम विष्फोट भएको छ ।

विहिवार १२ बजे कार्यालय संचालन रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासंंगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो ।
विष्फोट किन र कस्ले गराएको हो खुल्न सकेको छैन । विष्फोटवाट कुनै मानवीय क्षति नभएपनि शौचालयका कोठा क्षतिग्रस्त भएको छ भन्ने अन्य कोठाहरु चर्केको तथा झ्यालका सिसाहरु फुटेको सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानका कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नचिताएको घटना एक्कासी घटेको छ । कहिवाट कुनै किसिमको धम्की आएको थिएन । कार्यालयमा असुरक्षाको कुनै संकेत पनि देखिएको थिएन । सबै कर्मचारीहरु आ–आफ्नो काममा व्यस्थ थिए एकासी विष्फोटको ठुल्लो आवाज आयो सबै त्रसित भएर आफ्नो ज्यान जोगाउन भाग्न थाले ।
बम विष्फोटबाट भिआरएस तथा डिएलआरएस को सरभरमा समस्या आएकोले कार्यालयको सम्पूर्ण कामकाज स्थगित गरिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
यता, ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक हिरा वाहादुर पाण्डेका अनुसार घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । घटनामा संलग्न हुनेहरुको खोज तलास तिव्रताको साथ भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्