दमकल आयो, स्रोत छैन

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको थाहानगरमा पहिलोपटक दमकल भित्रिएपछि नगरवासी खुसी भएका छन् । आगलागीबाट हुनसक्ने जनधनको क्षति रोक्न सरकारले देशका नया“ नगरमा दमकल खरिदका लागि बजेट पठाएस“गै थाहा नगरले पहिलोपटक दमकल भिœयाएको हो ।

थाहा नगरले खरिद गरेको दमकल दामन, पालुङ, बज्रबाराहीस“गै कुलेखानी, आग्रा, गोगनेलगायत ठाउ“मा प्रयोग गर्न सकिनेछ । थाहा नगरका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यले आवश्यकताअनुसार जिल्ला बाहिर पनि आपतकालीन अवस्थामा पठाउन सकिने बताए ।

जनप्रतिनिधि नआउ“दासम्म सवुज गण पालुङका सशस्त्र प्रहरीले दमकल सञ्चालन गर्ने निर्णय भएको छ । ५९ लाख ५० हजारमा नगरपालिकाले खरिद गरेको दमकल दैनिकरुपमा सञ्चालन गर्न स्रोतसाधन अभाव भएपछि यस्तो निर्णय भएको हो । २ हजार २ सय ५० लिटर पानी क्षमता भएको दमकल २४ सै घण्टा तयारीमा राख्ने निर्णय भएको आचार्यले बताए ।