‘एमाले र राप्रपाद्वारा गणतन्त्र मास्ने तयारी’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा । धर्मका नाममा राजनीति गर्ने राप्रपाले राजतन्त्र र धर्म समाप्त गर्ने कार्य गरेको गृह राज्यमन्त्री इन्द्रबहादुर बानिया“ल बताएका छन् ।

स्थानीय निकाय निर्वाचन कार्यक्रमअन्तर्गत् नेपाली कांग्रेस वडा नम्बर–१६ ले गरेको चुनावीसभामा राज्यमन्त्री बानिया“ले ‘चुनाव गराउने नाममा’ सरकारमा सहभागी राप्रपा अध्यक्ष कमल थापा चुनाव हुने निश्चित भएपछि सरकारबाट बारिएको आरोप लगाए ।
मन्त्री बानिया“ले मरेको राजतन्त्र व्य“ुताउन हि“डेको राप्रपा र नेपालका लागि गणतन्त्र भनेको बयलगाडा चढेर चन्द्रमा पुग्नुजस्तै हो भन्ने एमाले मिलेर चुनाव भा“ड्न षड्यन्त्र गरिरहेको आरोप लगाए । एमालेप्रति कटाक्ष गर्दै त्यस्ता पार्टीलाई जनता विश्वास नगर्ने भन्दै कांग्रेस र माओवादी केन्द्रको एकता देखेर राप्रपा र एमाले डराएको बताए ।
राज्यमन्त्री बानिया“ले कांग्रेसलाई मतदान गर्न अनुरोध गरे । कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुख उम्मेदवार बलराम बल, कांग्रेस मकवानपुर प्रमुख सल्लाकार माइकल रामचन्द्र अर्याल र नेवि संघ केन्द्रीय उपाध्यक्ष पवन यादवलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।