अख्तियारको टोली अम्लीसमा


दयाराम पण्डित, बाजुरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोली आज बाजुराको विकट मानिने साविकको दहकोट गाविसको अम्लिस तिर गएको छ । अम्लीस माविअम्लीसको भवननिर्माणमा १५ लाख रुपैंया वारबरको रकम हिनामिना भएको भन्ने सुचनाका आधारमा उक्त टोलीले स्थलगत अनुसन्धान गर्न अम्लीस पुुगेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका अख्तीयार प्रमुख राजन नेपालको नेतृत्वमा डिएसपी टंक भटेराई सहितको एक टोलीआजै अम्लीस तिर लागेको प्रहरी श्रोतले बतायो ।

सामान्य उजुरीमा अख्तियारको प्रतिनीधि पठाएर जांचबुुझगर्न प्रतिनीधि पठाइन्थ्यो । यो रकम हिनामिना सम्बन्धी गम्भीर मुद्धा भएकोले केन्द्रबाटै स्थलगत अनुसन्धान गर्नु भन्ने आदेश आएपछि दिपायल स्थित अख्तीयार प्रमुखको टोलीगएको हो, अख्तीयार अनुसन्धान आयोगको एक श्रोतले बतायो ।

उजुरीको आधारमा कागजपत्र जांचबुुझ गर्दा प्राप्त स–प्रमाण सहित प्रतिवेदन तयार पारिने अख्तीयार श्रोतले बताएको छ । २०७० सालमा तत्कालिन जिल्ला विकास समिति बाजुराबाट अम्लीस मावि अम्लीसको भवन निर्माकालागि पन्ध्रलाख रुपैंंया विनियोज भएको जिल्ला समन्वय समितिको कार्यालय बाजुराले जनाएको छ । जिल्लाकै विकट मानिने हालको गौमुल गाउँपालिकाको अम्लीस माविमा अख्तीयार टोलीगएको जिलकै पहिलो पटक हो। सदरमुकाम मार्तडीबाट लगभग १२ कोषको पैदल दुरी हिड्नुपर्छ । तत्कालिन विद्यालय ब्यबस्थापन समिति निर्माण उपसमिति र प्रधानाध्यापक को थिए सो भने खुल्नआएको छैन ।