जन्ती आएका भारतीयको मृत्यु


नेपाल समाचारपत्र, बाँके – विवाहमा जन्ती आएका एक भारतीयको बाँकेमा मृत्यु भएको छ ।
जानकी गाउँपालिकाको पिप्रहवाचोक नजिकै विवाह कार्यक्रम भइरहदा सडकतिर निस्केका भारत बहराइचका अमृतलाल बाजपेयीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका बाजपेयीको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । भेरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि नर्सिङहोममा रिफर गरिएका बाजपेयीको त्यही मृत्यु भएको थियो ।
गएराती भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । सामान्य घाइते रहेका दुई जनाको नर्सिङहोममा उपचार भइरहेको छ । भारतीय नागरिक बाजपेयीको शवलाई आफन्तले बुझेर लगेका छन् । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार जनककुमार बाँठालाई एमालेले सघाउने र नेकपा एमालेका बिउझना पुनलाई नेपाली कांग्रेसले सघाउने सहमति भएपछि सो स्थानीय तहमा संयुक्त चुनावी कार्यक्रमहरु भइरहेका छन् ।