चट्याङ लागेर मृत्यु


नेपाल समाचारपत्र, बाँके । चट्याङ लागेर बाँकेमा एक महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज–२०, नयाँबस्तीकी ३० वर्षीया कौशिला रावतको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान साढे ६ बजेतिर घरमै रहेका बेला रावतलाई चट्याङ लागेको थियो । ‘कपडा धोएर सुकाउने क्रममा चट्याङ लागेको थियो’ आफन्तीहरुले भने ।

चट्याङ लागेपछि घाइते भएकी रावतको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । मौसमी परिवर्तनसँगै हावाहुरी, चट्याङले केही दिनयता ठूलो नोक्सानी पु¥याएको छ । एक दिनअघिमात्रै चट्याङले बर्दियामा पशु मरेको थियो ।