गुल्मीका ठाउँ ठाउँमा म्यादी प्रहरीको गस्ती

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मीमा म्यादी प्रहरीले गस्ती सुरु गरेको छ । म्यादी प्रहरीको पोसका सहित हातमा लठ्ठी दिएर जिल्लाका भिन्न स्थानमा उनिहरुले नेपाल प्रहरीले गर्ने गस्ती झै गरि गस्ती गर्दै आएका छन् ।

सरकारले स्थानिय तहको निर्वाचन बैशाख ३१ गतेलाई सारेर जेठ ३१मा सरेसगै उनिहरुलाई गस्तीमा खटाइएको हो । झण्डै एक महिनाको तालिम सकेर उनिहरु नेपाल प्रहरी सगै जिल्लाका बिभिन्न स्थानमा शान्तिसुरक्षा दिन गस्ती गर्न थालेका छन् ।
जिल्लामान रहेका २३ वटा प्रहरी युनिटबाट ८ सय २० जना म्यादी प्रहरीले प्रहरी सगै रहेर गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । हालै अन्य काम नहुदा म्यादीलाई शान्तिसुरक्षा सगै सामाजिक कामको जिम्मेवारी दिइएको हो । सरकारले ५५ दिनलाई भनेर म्यादी प्रहरीमा भर्ना गरेपनि चुनाव सरेपनी थप एक महिना उनिहरुको समय लम्बीएको छ ।

चुनाव सरेको क्षेत्रमा अब म्यादी प्रहरीले झण्डै ९० दिन काम गर्ने छन् । चुनाव सरेपछी उनिहरुलाई काम दिनको लागी बजार सगै ग्रामीण क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा पाएका छन् । म्यादी प्रहरीको पोसाकमा हातमा लठ्ठी लिएर बजार सगै बिभिन्न स्थानमा उनिहरु घुम्ने गरेका छन् । जिल्लामा रहेका सबै म्यादी प्रहरीलाई नेपाल प्रहरी सगै गस्तीमा खटाइएको डिएसपी नेपालले जानकारी दिए ।