सुनसहित एक पक्राउ

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाबाट सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नंं १ गमहरियामा बस्ने बर्ष १८ को रुस्तम कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लमसालले बताए ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटि गएको बिषेश गस्ती प्रहरी टोलीले मंगलबार पिपरा गाउपाँलिका वडा नं.४ स्थित जलेश्वर जनकपुर सडक खण्डमा गस्ती गर्ने क्रममा कवारीबाट दुई लाख ३२ हजार एक सय ६ मोल बरावारको अबैध ५० ग्राम सुनको बाला र दुई लाख ६० हजार मोल बराबरको टिभिएस कम्पनीको रातो रंगको अनटेष्ट अपाचे मोटरसाईकल बरामद गरेको हो ।
पक्राउ परेको कवारीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।