कस्सिए कट्टेल


ललितपुर, (नेस)
ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार शिव कट्टेल नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ । तीन दशकदेखि राजनीतिमा होमिनुभएका उहाँ समाज सेवामा अग्रपंक्तिमा हुनुहन्छ। माओवादी केन्द्रले उम्मेदवार बनाउनुपूर्व नै सो क्षेत्रमा समाज सेवामा लागिपर्नुभएका उहाँ आफू सबैभन्दा सक्षम र बलियो उम्मेदवार भएको तर्क दिनुहन्छ। मेयरको उम्मेदवारमा मनोनयन हुनुअगावै शिक्षा, स्वाथ्य, खानेपानी, भौतिक पूर्वाधार, बाटोघाटोको विस्तारमा लागि पर्नुभएका उहाँ आफू मेयरमा विजयी भए महालक्ष्मी नगरपालिकालाई एक घर एक रोजगारी, एक घर एक धारा, हरेक गाउँ सडक सञ्जाल, नदीकिनारमा हरित पार्क, जेष्ठ नागरिकलाई सरकारले तोकेभन्दा पनि बढी भत्ता दिने योजनामा रहनुभएको छ।

लुभु, इमाडोल, सिद्धिपुर, टीकाथली र लामाटार गाविसको संयोजक भएर निर्माण भएको सो नगरपालिकामा करिब २९ हजार ७ सय मतदाता रहेका छन्।

मैले चुनावका लागि नारामात्र सिर्जना गर्न खाजेको होइन, साच्चिकै विकासको मूल फुटाउने प्रतिबद्धता जाहेर गरेको हुँ, उहाँको तर्क रहेको छ। भूकम्पलगत्तै समाज सेवामा व्यस्त रहनुभएका कट्टेलले नगरपालिका क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षा, खानेपानी, ढल र बाटो विस्तारको काम गर्दै आउनुभएको छ।