चाँदीको गरगहनासहित टोलीद्वारा एक जना पक्राउ


नेपाल समाचारपत्र, पर्सा । पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १६ बाट एपीएफ टोलीले बैशाख २४ गते करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १८ बस्ने २५ वर्षिय सन्दिपकुमार श्रेष्ठ छन् ।

उनलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना। ४३ प ५०२ नम्बरको मोटरसाइकलमा सवार निज श्रेष्ठको साथबाट उल्लेखित मूल्य बराबरको पाँच सय ८६ तोला चाँदीको गरगहना बरामद गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई बरामद गरगहना तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाइएको छ ।