सामान्य हावाले ढाल्दै विद्युत्का पोल


नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको मनहरी गाउ“पालिका–१, हा“डीखोला चकरीमा शनिबारको सामान्य हावाले विद्युत्का १४ वटा पोल लडाएको छ । करिब १२ वर्षअघि विद्युत् पुगेको हा“डीखोला क्षेत्रमा प्रयोग गरिएका अधिकांश काठको पोलहरु कुहिएर काम नलाग्ने अवस्थामा छ ।
चकरीका विष्णुप्रसाद अधिकारीले दिएको जानकारीअनुसार शनिबार बेलुका पानीस“गै आएको सामान्य हावाका कारण १४ वटा पोल लडेको छ । ‘सबै काठको पोल कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेको छ’, उनले भने–शनिबार बेलुकादेखि नै लाइन छैन । अब कति दिन लाइन नआउने हो भन्न सकिन्न ।

सामान्य पानी एवम् हावाले समेत पोल ढाल्ने गरेको बताउ“दै उनले एउटा ढलेको पोल उठाउन विद्युत् प्राधिकरणले हप्तौं लगाउने गरेको गुनासो गरे । ‘चुनावको बेला यो गर्छु र त्यो गर्छु भन्दै भोट माग्न आउनेहरुको लाइन लाग्ने गरे पनि यस्ता समस्यामा कसैको ध्यान जान सकेको छैन’, अधिकारीले थपे–एउटा पोल ढल्दा १० दिनसम्म नबनाइएको अवस्था छ ।
चकरीका स्थानीयले आइतबार नेपाल विद्युत् प्राधिकरण हेटौंडा बितरण केन्द्रमा पुगेर समस्याका विषयमा जानकारी गराएका छन् । प्राधिकरणले स्थानीय तहको चुनाव नजिकि“दै गरेको भन्दै अहिले नया“ पोल दिन नसक्ने बताएको छ । चकरी क्षेत्रमा लगिएका केही सिमेण्टका पोलहरु प्राधिकरण कर्मचारीको लापरबाहीका कारण गाडिएको छैन ।
नेपाल विद्युत् प्राधिकरण गाउ“गाउ“मा विद्युत् विस्तार अभियानमा जुटिरहेको छ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दि“दै आएको प्राधिकरणलाई पछिल्लो समय विद्युत् माग गर्न जति ग्राहक आउ“छन्, त्यत्तिकै संख्यामा पोल फेर्न माग गर्दै निवेदन लिएर आउने ग्राहक संख्या रहेकाले कामको व्यवस्थापनमा कठिनाइ देखिएको हेटौंडा वितरण केन्द्र प्रमुख ऋषिकुमार वर्णवालले बताए । फलामे पोल पनि पर्याप्त आएको छैन । यस वर्ष करिब ७ सय वटा आउने बताइएको छ ।