सड्क बिस्तारले काटिँदै वर-­पीपल, पुरिँदै पोखरीहरु


अनिल खत्री,गुल्मी।
सड्क बिस्तारका कारणले गर्दा ठुला वर -पीपल काटिएका छन भने कयौ पानीका स्रोत र पोखरी पुरिने गरेका छन् ।

यसैगरी गुल्मीमा पनि सड्क बिस्तारको क्रममा जिल्लाका धेरै ठाउँका वर­-पीपल र पोखरीहरु सड्कमा परिणत भएका छन् ।

धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर­पीपलका रूख सड्क बिस्तारको क्रममा संरक्षण अभावमा गाउँबाटै बिलय भएका छन् ।

गाउँगाउँमा सड्क बिस्तार गरिँदा यस्ता बहुउपयोगी रूखहरु लोपोन्मुख बन्दै जान थालेका छन् । पीपलसँगै हुने बरका रूख पनि संकटमा परेका छन् । सार्वजनिक स्थलमा जथाभावीसडक विस्तारका क्रममा सयौं वर्ष पुराना बरपीपलका रूख नष्ट हुँदै गएका हुन ।

केहि बर्ष पहिले सम्म नयाँपोखरा बजारको बिचमा ठुलो पोखरी रहेको थियो । मोटरबाटोको स्तरबृद्धि भएपछि पुरिएको स्थानिय बिद्यालयका प्रध्यानाध्यापक निर बहादुर बिष्टले बताए । १० वर्ष अघिसम्म चन्द्रकोट गाउँपालिकाको तत्कालिन शान्तिपुर गाविसमा मात्र सात ठूला पोखरी र एउटा ताल थियो ।

गाविसका ९ वटा वडामध्ये पाँचवटा पोखरीबाट नामकरण गरिएका छन । यी बाहेक पनि साना पोखरीको संख्या जोड्दा एक दर्जनभन्दा बढी हुन्छ । तर, संरक्षण अभावले अहिले वर्षभरि पानी रहने पोखरी मुस्किलले ४ वटा रहेको स्थानिय बताउँछन् ।
अन्य ५० रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन । जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरुको महत्वपुर्ण सहयोग पुराएका हुन्छन् ।

सयौं पीपलका रूख रहेको अर्जैमा अहिले देखिनै छाडेको अर्जैका शोभाखर अर्यालले बताए । अमरपुर हुँदै अर्जै–पोखराबारी जोड्ने मोटरबाटोमा मात्र १२ भन्दा बढी पीपल नष्ट भएको उनले भनाई छ । उनले भने, ‘अब नयाँ रोप्ने कोही छैन, पुराना सबै सकिँदै गए ।’ यसले सार्वजनिक स्थानमा सयौं वर्ष पुराना बरपीपलका बोटसँगै निर्माण गरिएका चौतारीहरूसमेत नष्ट भएका छन ।

पछिल्ला वर्षमा जथाभावी सडक निर्माणमा ताल र पोखरी बिनासिनुको कारण बन्दै गएको छ । वन कार्यालयका सहायक वन अधिकृत कर्ण पाण्डेले विकास पूर्वाधार निनिर्माणमा अव्यवस्था रहेकाले ताल संरक्षण हुन नसकेको बताए ।

उनले भने, ‘अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुक्खा क्षेत्र बढ्दै छ, पोखरी, तालसँगै सिमसार क्षेत्र संकटमा छ ।’ तम्घास सिमलटारी प्युठान सडक आयोजनाको इन्जिनियर रामेश्रवर लम्सालले भने, ‘सड्क बिस्तारका वर पीपल काटनु, नास पार्नु भनेका छैनौं । बाटो बनाउँदा वातावरणीय पक्षको ख्याल गर्नैपर्छ ।’ कतिपय स्थानमा उपभोक्ता समितिकै चासो अनुसार काम हुने भएकाले पनि त्यस्ता रूखको संरक्षणमा समस्या परेको हुन सक्ने उनले बताए ।

जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख विष्णु पोखरेलले परम्परागत पोखरी संरक्षण तथा व्यवस्थापनका लागि योजना बनाएर काम गरिरहेको बताए । ‘अहिले पोखरी नासिने क्रम बढ्दो छ ।’ उनले भने, ‘त्यसका लागि जलाधार क्षेत्र, मुहान संरक्षण, पोखरीको भुइँ व्यवस्थापन, पर्खाल निर्माण, वर्षातको पानी संकलन लगायत काम अघि बढाएका छौं ।’ यो बर्ष पनि आठ वटा पोखरीहरु निर्माण गरेको प्रमुख पोख्रेलले बताए ।
स्थानीय बुढापाकाका अनुसार ५० वर्ष अघिसम्म हरेक गाउँमा एउटा पोखरी अनिवार्य हुनुपर्ने मान्यता थियो । बस्तुभाउले पानी खाने, बटुवा चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको उनीहरू बताउँछन । ‘गाउँमा मानिसहरुले धर्म कमाउन पोखरी खन्थे र वल पीपल रोप्थे, ‘इस्मा गाउँपालिका गुल्मीका पण्डित रामलाल घिमिरेले भने,’ धर्म मासिन थाल्यो, पोखरी र वर पीपल पनि भेटिन छाडे ।’

अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने चलन थियो । रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै बरपीपल संकटमा पर्न थालेको उनले बताए । पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा रूख देखिन छोडेको घिमिरेले बताए ।

गुल्मीमा सड्क बिस्तारको क्रममा धेरै ठाउँमा सड्कमा वर पीपल परेको हुँदा बरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएको छन् ।