दुई दलबीच निर्वाचन समन्वय संयन्त्र निर्माण

0
Shares

नेपाल समाचारपत्र
ताप्लेजुङ
ताप्लेजुङमा पनि स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन समन्वय संयन्त्र समिति निर्माण गरेका छन्।

निर्वाचनमा सहभागिता जनाउन फोरमको चुनाव चिन्ह लिएर निर्वाचनका सहभागिता जनाउने सहमति भएसँगै शनिबार सदरमुकाम फुङ्लिङमा बसेको बैठकले नयाँ शक्तिका जिल्ला संयोजक सञ्चपाल मादेनको संयोजकत्व साथै संघीय समाजवादी फोरमका संयोजक मोतीप्रसाद पालुङ्वाको सहसंयोजकत्वमा दश सदस्सीय जिल्ला निर्वाचन समन्वय संयन्त्र गठन गरेको हो।

आइतबार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारी गराइएको छ। साथै सो बैठकले भक्त एङ्देनको संयोजकत्व तथा एमवी लामाको सहसंयोजकत्वमा २१ सदस्सीय फुङ्लिङ नगरपालिका निर्वाचन समिति, गणेश राई र कमलप्रसाद निरौला क्रमशः संयोजक र सहसंयोजक रहेको सिदिङ्मा गाउँपालिका निर्वाचन समन्वय संयन्त्र समिति गठन गरेको छ।

अन्य गाउँपालिकाहरूमा सिरिजङ्गाको संयोजक र सहसंयोजक अग्नि बस्नेत र अनिता राई, याङ्वरकमा गोपाल कंलिवा र शरण तामाङ, फक्तालुङमा श्री लिङ्खिम र केदारजंग ताप्मादेन, मिक्वा खोलामा डण्डु शेर्पा र हरि लिवाङ, मेरिङ्देनमा रमेश नाल्बो र सुजित ओख्राबु, मैवाखोलामा रितेश वनेम र विशाल लिम्बु र आठाराई त्रिवेणीमा सेन्छेहाङ पोमु र मोहन गुरुङलाई तोकेको छ।

पत्रकार सम्मेलनलाई संबोधन गर्दै जिल्ला निर्वाचन समन्वय संयन्त्रका संयोजक तथा नयाँ शक्तिका जिल्ला संयोजक सञ्चपाल मादेनले अब सबै स्थानमा उम्मेदवार चयनका लागि छलफल गरी टुंगो लगाउनुका साथै अन्य दलसँग सहकार्यका विषयमा पनि गम्भीर छलफल गरिने जानकारी दिनुभयो।