काँग्रेस आश्वासन पोको बाँड्दैनकुँवर


नेपाल समाचारपत्र, पोखरा ।
काँग्रेसले जनतामा आश्वासनको पोको बाड्दैन् । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुदैन् ।’ नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले भने ‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ । त्यसैले कमजोर बनाउने पार्टी नेपाली काँग्रेस होईन् ।’ उनले गर्न सक्ने काम मात्रै काँग्रेसले गर्ने भन्दै केवल गफ चुटेकै भरमा समृद्ध समाज निर्माण नहुने स्पष्ट पारे ।

आफनो उम्मेदवारी सिंगो पार्टीको भएको उल्लेख गर्दै उनले समृद्ध महानगरपालिका बनाउनेको लागि काम नै गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै थपे—‘काम गर्ने पार्टी नै काँग्रेस हो । अरुले त गफ मात्रै दिदैं आएका छन् । इतिहासलाई हेर्दा हुन्छ ।’ घरदैलो अभियानको क्रममा पोखरा लेखनाथ वडा नं ३२ पुगेको नेपाली काँग्रेसको टोलीले लामेआहालस्थित सुकुम्बासी बस्ती समेत अवलोकन ग¥यो । लामेआहालमा रहेका सुकुम्बासी बस्तीलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार रामी कुँवरले सुकुम्बासीलाई लालपुर्जाको मात्रै दिएर नपुग्ने भन्दै शिक्षा स्वास्थ्य र आवास अत्यावश्यक भएको बताए ।