चुनाब भड्न हिडेका १२ बिप्लबका कार्यकर्ता पक्राउ



सीताराम अधिकारी, धादिङ ।
स्थानीय तह निर्वाचन भाड्न हिडेका १२ जना बिप्लब माओवादी कार्यकर्तालाई शुक्रबार गिरफ्तार गरेको छ ।

चुनावमा लागेका नागरिकहरुलाई धम्की दिने, चन्दा उठाउने र निर्वाचन भाड्न निरन्तर लागेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सरद खत्रीले जानकारी दिए ।
नेकपा माओवादी विप्लब समूहका जिल्ला जनपरिषद प्रमुख बुद्ध गुरुङ सहित मोहन घले, राजकुमार गुरुङ, राजु घले, सुन्दर लामा, धनबहादुर घले, मनोज घले, भिमबहादुर बि.क, बेलबहादुर लामा, सूर्य तामाङ, करन घले रहेका छन् । उनिहरुलाई प्रहरीले हिरासतमा लिएको छ । अभियुक्तहरुलाई सार्वजनिक अपराध ऐन अनुसार मुद्धा दर्ता गरि कारबाही चलाइने प्रहरीले जानकारी दिएको छ ।
दक्षिणी धादिङको विभिन्न गाउँहरुमा पुगेर निर्वाचन विरोधी गतिविधि संचालन गरिरहेको सूचनाका आधारमा खोजी अभियानसंचालन गरिरहेको अवस्थामा गजुरी गाउँपालिका—२, गुम्बाडाडाबाट गिरफ्तार गरिएको थियो । एउटा भाडाको गाडीमा गाउँतिरबाट राजमार्ग तर्फ जाँदै गुम्बाडाडाको जंगलतिर बैठक गरेको अवस्थामा गिरफ्तार गरिएको प्रहरी उपरिक्षक खबत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्