जताततै आचारसंहिता विपरित कार्य



सीताराम अधिकारी, धादिङ ।

निर्वाचनको दिन आउँदै गर्दा आचारसंहिता विपरतका कार्यहरु दिनदिनै भइरहेका छन् । सार्वजनिक क्षेत्रका चुनाव प्रचार गर्न नपाइने, सार्वजनिक स्थानमा चुनावका सामाग्री र पार्टीको झण्डा राख्न पाइने आचार संहितामा उल्लेख भएपनि ठूला राजनीतिक दलले आचार संहिता उल्लंघन गरे हो ।

धादिङबेसी बजारमा बैशाख २२ गते राती नेपाली काग्रेसले बजारमा रहेका जिवुली र टेलिकमका पोलमा झणराखेको छ । यसैगरि माओवादी केन्द्रले पनि सोलहरुमा झण्डा राखेको थियो । गजुरी बजारमा रहेको सडक बत्ती भएको स्थानमा नेपाली काग्रेसले झण्डा राखेर प्रचार गरेको छ । मलेखुदेखि खानीखोलासम्म को क्षेत्रमा रहेका विजुलीका पोलहरुमा पार्टीले प्रचार गरिररहेको देखिन्छ ।

यसैगरि थाक्रे गाउँ पालिका—१० देवल मा ०७४ बैशाख २२ गते नेकपा माओवादी केन्द्रले खसीकाटेर मतदाताहरुलाई भोज खुवाएका छन् । खसी काटेर भोज खुवाउन धेरै मासु राखिएकोमा सबै मासु खाएर नसकिएपछि केही मासु माओवादीको पार्टी कार्यालयमा समेत लगिएको सोही गाउँबासीले जानकारी दिएका छन् ।

थाक्रे गाउँपालिका–१० ठूलो पोखरी चौतारामा माओवादी केन्द्रले झण्डा राखेर चुनाब प्रचार गरेको छ । जताततै आचारसंहिता उल्लंघन भइरहेको खबर प्राप्त भएपनि जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्दा निर्वाचन अधिकृतले नै यो विषय हेर्ने भएकोले आफूलाई आधाधिकारीक जानकारी नभएको जानकारी दइयो ।
यसैगरि धुनीबेसी नगरपालिकामा चुनाब प्रचारको लागि नेपाली काग्रेसले बालबालिकाको प्रयोग गरेको । चुनाबी कार्यक्रममा लिएर बालबालिकाहरुलाई प्रयोग गरेको घटनालाई नजिकबाट देखेका पत्रकार आशिश ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्