शाक्यको निधनमा समवेदना

0
Shares

काठमाडौँ, २४ वैशाख । पूर्व सांसद मञ्च नेपालले नेपाली काँग्रेसका नेता, प्रजातन्त्रका योद्घा एवम् पूर्वमन्त्री मार्सलजुलुम शाक्यको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मञ्चले उहाँको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनसहित इष्टमित्र तथा सहकर्मी राजनीतिक नेता–कार्यकर्ताप्रति समवेदना प्रकट गरेको छ ।
उहाँको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको मञ्चद्वारा आज जारी सन्देशमा उल्लेख छ । रासस