गोरखाको सामागाउँ, ल्हो र विहीमा उमेद्वारी दर्ता


सन्तोष अधिकारी,गोरखा
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उमेद्वारी दर्ता सँगै राजनितिक दलहरु विचको रफताफ सुरु भएको छ ।

दुई नगर र ९ गाउँपालिका रहेको गोरखामा राजनितीक दलहरु विच चर्काे प्रतिस्पर्धा हुने पनि देखिन्छ ।

तर, गोरखाको कै तिब्बत सँग सिमाना जोडिएका चुमनुब्री गाउँपालिकाको तीन वटा वडाहरु १ सामागाउँ, २ ल्हो र ३ विहीमा भने उमेद्वारहरुले उमेद्वारी दर्ता सँगै जित पनि सुनिश्चित गरेका छन् ।

स्थानीय स्तरमा क्रियाशिल राजनितक दलहरुले उमेद्वारी दर्ता अगावै एक आपसमा पद भागबण्डा लगाएर दर्ता गरेका हुन् । तीन वटै वडामा नेपाली कांग्रेसका नेता वडा वडाअध्यक्ष बन्ने पक्का भएको हो ।
वडा नं. १ सामागाउँमा कांग्रेसका बीरबहादुर लामा अध्यक्ष बनेका छन् ।

सदस्यहरुमा कांग्रेसका निमा दोर्जे लामा, एमालेबाट मिंग्मार लामा, माओवादी केन्द्रका निमा छेदेनले मात्र उमेद्वारी दर्ता गरेका हुन् ।

गाउँपालिकाको अध्यक्ष बनेका बीरबहादुरले केहि दिन अघि मात्र शिक्षक पेशा त्यागेर वडा अध्यक्ष बनेका हुन ।
त्यस्तै वडा नं. २ पनि कांग्रेसकै पेम्बा रितार वडा अध्यक्ष हुने पम्का भएको हो । सदस्यहरुमा कांग्रेसकै छेवाङ ग्याल्जेन, माओवादी केन्द्रबाट पासाङ ल्हामु, लाक्पाडिकी विक र पेम्बा छिरिङले उमेद्वारी दर्ता गरेका हुन् ।

उनीहरुले दर्ता गरेको पदमा दोहोरो उमेद्वारी कसैको नपरेको निर्बाचन अधिकृत हरि दाहालले टेलिफोनमा जानकारी दिए ।
वडा नं. ३ विहीमा पनि कांग्रेसका सोनाम ग्याल्जेन लामा अध्यक्ष भएका हुन् ।

सदस्यहरुमा कांग्रेसकै कालेन छेवाङ, निमाडिकी छन् । त्यस्तै सदस्यहरुमा माओवादीबाट कुन्साङ ढुण्डुप निर्वीरोध विजयी समेत भएका हुन् ।

चुमनुब्री गाउँपालिको प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङ्ग, एमाललेकी सूर्य कुमारी गुरुङ्ग, माओवादी केन्द्रबाट लाक्पा ढुण्डुप लामा, र नयाँ शक्तिबाट रिन्जीननुर्बु लामाको उमेद्वारी परेको छ ।

यिनीहरु भने ३१ गते निर्वाचनमा सहभागि हुनेछन् ।