मिसेस टप अफ द वल्र्डमा परियार

0
Shares

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस टप अफ द वल्र्ड २०१७ मा सराडा परियाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। मिसेस टप अफ द वल्र्डका लागि आधिकारिक प्राप्त संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा मिसेस टप अफ द वल्र्ड २०१६ की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै २०१७ का लागि बाटो खुला गरेकी हुन्। थापा गत वर्षको सो प्रतियोगितामा उत्कृट ४ भित्र परेकी थिइन्।

परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनोटमा तीन दर्जन प्रतियोगिलाई पछाडि छोडी यसमा चयन भएकी हुन्। कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौल, मेकअप आर्टिस रश्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठलगायतको निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनोट गरेको हो।

पर्यटन विकासको नाराका साथ आयोजना गरिँदै आएको मिसेस टप अफ द वल्र्डमा नेपालका पर्यटकीयस्थल र कला संस्कृतिका विषयमा आफूले विशेष प्रस्तुति दिने परियारले बताइन्। विभिन्न प्रशिक्षणसहित परियारलाई प्रतियोगितामा पठाउन लागेको ई–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी गराए।