बलिउडका कमाउ हिरो

0
Shares

बलिउड भन्नेबित्तिकै हिजोआज ठूला बजेटका फिल्म बनाउने फिल्म उद्योग जस्तो भएको छ, त्यसै गरी चल्तीका कलाकारहरुको पारिश्रमिक पनि एउटा प्रतिस्पर्धाको रूपमा आएको छ। जस्ले बढी पारिश्रमिक पाउँछन्, उनै कलाकारलाई सफल मान्ने गरेको पाइन्छ।

यदि तपाईं बलिउड फिल्मको फ्यान हुनुहुन्छ र बलिउडका स्टारहरुले एउटा फिल्म खेलेमार्फत् कति पारिश्रमिक लिन्छन् भन्ने कौतुहलता छ भने थाहा पाउनुहोस् सुल्तान र बजरंगी भाइजान जस्ता ब्लक बस्टर फिल्म दिएका बलिउड नायक सलमान खान हाल बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायकमा गनिन्छन्। उनी एक फिल्मबापत ५० देखि ६० करोड लिन्छन्।

त्यसै गरी बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले आफ्नो अन्तिम फिल्म पिकेबाट विश्वव्यापीरूपमा ७ सय ९२ करोड कमाउन सफल भए। तर, उनी पारिश्रमिकको मामलामा भने सलमान खानभन्दा एक स्टेप पछाडि नै छन्। उनी एक फिल्मबापत लगभग ५० करोड लिन्छन्।

बलिउडका बादशाह शाहरुख खान अझैसम्म पनि बक्स अफिसमा शासन चलाइरहेका छन्। तर, उनको हालैका एभरेज हिट मुभीहरु दिलवाले, फ्यान लगायतका फिल्मको कारणले भने उनी तेस्रो स्थानमा पुगेका छन्। उनले एक फिल्मबाट लगभग ४५ करोड कमाउने गरेका छन्।

अर्का स्टार अक्षय कुमारले एयर लिफ्ट, रुस्तम, हाउसफुल–३ जस्ता फिल्मका कारण बलिउडमा २०१६ मा ह्याट्रिक गरे। अहिले उनी कमाइको हिसाबले ३ खानभन्दा पछि छन्। उनी चौथो स्थानमा छन्। उनी ४० करोड चार्ज लिन्छन्।
आफ्नो डान्सिङ स्किलका कारण बलिउडमा छुट्टै स्थान बनाउन सफल छन् नायक ऋतिक रोशन। उनी सुपरस्टार भए पनि हालै प्रदर्शित उनको फिल्म मेहेन्जोदारोको असफलताको कारण उनको मार्केट प्राइस घटना पुगेको छ। कमाइको हिसाबले उनी पाँचौं स्थानमा छन्। उनले एक फिल्मबापत ५ देखि ४० करोड कमाइ गर्ने गरेका छन्।

बलिउडमा भर्साटाइल एक्टरको छवि बनाएका अभिनेता अजय देवगण हालैका फिल्म दृश्यम् र शिवायको सफलताका कारण राम्रो प्रोडक्सनको अनुपातमा आफूलाई सस्टेन गरिरहेका छन्। कमाइको मामलामा छैठौं स्थानमा पर्ने उनी एक फिल्ममार्फत् २२ देखि २५ करोड लिन्छन्।

सातौं स्थानमा पर्न सफल रनवीर सिंह शुरुआती दिनमै १० देखि १२ करोड रुपियाँ लिने गर्थे। तर, बाजिराओ मस्तानीको सफलतापछि उनले आफ्नो चार्ज बढाएर डबल नै बनाए। उनी हाल एक फिल्मबापत २० करोड लिइरहेका छन्।
बलिउडका शहंशाह अमिताभ बच्चन अझै पनि फिल्ममा एक्टिभ छन्। पिकु र पिंक जस्ता विभिन्न क्रिटिकल र कर्मसियल हिट फिल्ममर्फत् बलिउडमा छाइरहेका उनी एक फिल्मबाट १२ देखि १५ करोड कमाइ गर्छन्। कमाइको हिसाबले उनी बलिउडमा नवौं स्थानमा पर्छन्।

दसौं स्थानमा पर्न सफल नायक हुन साहिद कपुर। फिल्म सानदारको असफलतापछि क्रिटिसाइज गरिएका उनी फिल्म उड्ता पन्जाबमा राम्रो पर्फमेन्ससहित आए। हाल उनी एक फिल्मबापत करिब १० करोड लिइरहेका छन्।