छानिए लिटिल स्टार

0
Shares

लिटिल स्टार २०१७ को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन्। कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौं विद्याकुञ्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले विगतर्फको उपाधि जितेका हुन्।

शीर्ष उपाधि विजेता सबैलाई जनही १० हजार रुपियाँका साथमा ट्रफी र विभिन्न उपहार प्रदान गरिएको थियो।कार्यक्रममा स्मल ग्रुपतर्फ रुपिज स्कुलका रुद्राक्ष झा फस्ट र अर्थवा जेवी पाण्डे सेकेन्ड रनर्सअप हुँदा मिडिल ग्रुपतर्फ रुपिज स्कुलका सम्पूर्ण रेग्मी फस्ट र श्रीजित श्रेष्ठ सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा विगतर्फ क्रमशः एस्वेश्री गिरी र त्रियोग स्कुलका लिसा डंगोल फस्ट र सेकेन्ड रनर्सअप भए।

गायिका संगीता राना प्रधान, नृत्य निर्देशक कमल राई, हेर स्टाइलिस नील डेबिड कटुवाल, मिस्टर नेपाल सुरज चिल्वाल, मोडल ज्योत्सना योगी, अस्मिता लामिछाने, मिस एभरेस्ट आकांक्षा भट्टराई, मोडल दीपक घिमिरे, अनुप सक्सेना, बक्सर नाक्स बस्नेतलगायत प्रतियोगितामा निर्णायक रहेका थिए।

प्रतियोगिता एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजना र सोविज मिडिया ग्रुपको सहकार्यमा भएको हो। प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीले गरेका थिए। विभिन्न सांगीतिक कार्यक्रमका साथ सम्पन्न प्रतियोगितामा विभिन्न उप–शीर्षकमा समेत विजेता चुनिएको थियो।