एन्जेलिना अभिनयबाट बिदा हुँदै !

0
Shares

हलिउड अभिनेता ब्राड पिटसँगको सम्बन्ध विच्छेद तथा बच्चाहरुको संरक्षणको विषयलाई लिएर कानुनी लडाइँ लडिरहेकी हलिउड नायिका तथा फिल्ममेकर एन्जेलिना जोली अभिनयबाट बिदा लिने योजना बनाइरहेकी छिन्।

उनीसँग जोडिएको सूत्रलाई उद्धृत गर्दै एजेन्सीले जनाएअनुसार उनी आफ्ना बच्चाहरुलाई बढीभन्दा बढी समय दिन चाहन्छिन्। तर, निर्देशन तथा पटकथा लेखनमा भने उनी लागिरहने छिन्। एक वेबसाइटका अनुसार यस समय उनको ध्यान आफ्ना ६ जना बच्चाको पालनपोषणमा छ। सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार उनी केवल बच्चा तथा फिल्म मेकिङमा ध्यान दिन चाहन्छिन्। समाचारअनुसार एन्जेलिना अब फिल्ममा अभिनय गर्न चाहँदिनन्। उनी पटकथा लेखन तथा निर्देशन गर्न चाहन्छिन्।

उनको जीवनको अलग अध्याय बच्चाको हेरचार गर्नु तथा सामाजिक काममा लाग्नु हो। उनी त्यस्ता कुराहरुमा मात्र ध्यान दिन चाहन्छिन्, जुन कामले उनका लागि महत्त्वपूण हुने गर्छ।