अभिषेक र ऐश्वर्या अब एकै फिल्ममा


बलिउड नायक–नायिका दम्पती अभिषेक बच्चन र ऐश्वर्या रायले सँगै केही फिल्ममा खेले पनि एकसाथ अभिनय नगरेको धेरै समय भयो। लामो पारिवारिक र आमा भएका कारण ऐश्वर्यालाई उनका नायक पति ऐश्वर्याका साथ लामो समयदेखि एकै पर्दामा देखिएका छैनन्।

उनीहरुलाई धेरै फिल्ममा अफर त आएका छन्, तर उनीहरु तब मात्र स्वीकार गर्छन रे जब उनीहरुलाई स्क्रिप्ट मन पर्छ। तर, फिल्ममेकर मणिरत्नमले उनीहरुलाई आफ्नो फिल्म खेल्न राजी गराएका छन्। यसै पनि मणिरत्नमको फिल्म भनेपछि अभिषेक–ऐश्वर्या स्क्रिप्ट नै नपढी साइन गर्न तयार हुन्छन्। ऐश्वर्याले आफ्नो फिल्मी करियर मणिरत्नमकै फिल्म इरुवरबाट शुरु गरेकी थिइन्।

त्यस्तै अभिषेकले पनि मणिरत्नमका साथ युवा तथा मणीजस्ता फिल्ममा काम गरेका छन्। जुन उनको करियरकै ठूलो फिल्म मानिन्छ। मणिरत्नमले अभिषेक र ऐश्वर्यालाई लिएर फिल्म रावण बनाएका थिए, जुन फ्लप भयो।

मणिरत्नम केही दिनदेखि उनीहरु दुवैलाई लिएर फिल्म बनाउने सोचमा थिए। अब स्क्रिप्ट पनि फाइनल भइसकेको छ भने सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरु दुवैले फिल्ममा साइन पनि गरिसकेका छन्।

अभिषेक पनि हिजोआज फिल्ममा साइन गर्ने मुडमा नै छन्। उनले पछिल्लो समय तीन÷चार वटा फिल्ममा साइन गरेका छन्। अब उनी स्टेडियमपछि स्टुडियोमा देखिनेवाला छन्।