विराट–अनुष्का सम्बन्ध टुट्दै जोडिँदै


जब बलिउड नायिका अनुष्का शर्माको नाम आउँछ, त्यस सँगसँगै क्रिकेटर विराट कोहलीको नाम पनि जोडिएर आउने गर्छ। उनीहरुको मायाको किस्सा मिडिया, बलिउड र क्रिकेटको दुनियाँमा फैलिइरहेको छ। तर, कुनै समय यस्तो थियो, जुन बेला विराटको दिल अनुष्काका लागि नभएर अरू नै कोही नायिकाको लागि धड्कन्थ्यो, जो आज एक सुपरस्टारकी पत्नी हुन्।

यस विषयमा विराट आफैंले एक अन्तरवार्तामा भनेका हुन् कि उनी उक्त नायिकाको एक मुस्कानमै फिदा हुन्थे। विराटलाई करिश्मा कपुर पनि निकै मन पर्थिन्। तर, यहाँ चर्चा करिश्माको होइन जेनेलिया देशमुखको हो।

केही समयअघि विराटले एक अन्तरवार्तामा आफ्नो प्रेमजीवनको बारेमा खुलाएका थिए। उनले आफू वर्तमान प्रेमिका अनुष्काको नभएर जेनेलियाको फ्यान भएका बताएका थिए। तर, यो अन्तरवार्ता केही समय पुरानो हो। ‘मलाई जेनेलिया निकै क्युट लाग्छ’ –उनले भनेका थिए।

विराट र अनुष्काको सम्बन्ध पछिल्लो तीन सालदेखिको हो। खबरअनुसार अनुष्काको फिल्म सुल्तानको केही दिनअघि उनीहरुबीच ब्रेकअप पनि भएको थियो। तर, केही समयपछि नै उनीहरुबीच प्याचअप भयो। अनुष्का र विराटले आजसम्म यस सम्बन्धलाई कुनै पनि नाम दिएका छैनन्। तर, उनीहरू दुवैले केही समय पहिले नै एक फ्ल्याट किनेका छन्।

जसमा उनीहरु चाहेको समयमा सर्न पनि सक्छन्। खबरअनुसार विराटले अनुष्कालाई केही समय पहिले विवाहका लागि प्रस्ताव राखेका थिए। तर, अनुष्का बिहेभन्दा पनि करिअरमा नै ध्यान दिन चाहन्छिन्।