गायक भट्टराईले ल्याए बहुला


गुल्मी, (नेस)। संगीत क्षेत्रमा फरक प्रस्तुति दिएर दर्शक स्रोता माझ चर्चा कमाउँदै आएका गायक तथा गीतकार रमेशराज भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। गायक भट्टराईले हालै बहुला नामक गीति अडियो एल्बम बजारमा ल्याएका हुन्।

मायाँ प्रेममा आधारित गीति संग्रह बहुलामा मायाँ प्रेममा गरिएका वाचा धोकामा परिणत भएपछि बहुला बनेको कथावस्तुमा गीत तयार गरिएको गायक भट्टराईले बताए।

लोकदोहोरी क्षेत्रबाट परिचित भट्टराई सुगम संगीततिर निकै चर्चित गायकको रूपमा परिचित छन्। सुगम संगीतमा थुप्रै गीतहरु ल्याएर चर्चामा रहेका भट्टराईको पछिल्लो एल्बम पनि उत्तिकै चर्चामा रहने आशा गरिएको छ।

भट्टराईको आफ्नै लय शब्द र एकल स्वर रहेको गीतको हालै बजारमा अडियो मात्र सार्वजनिक गरिएका हो। वैशाख महिनामै सार्वजनिक गीतको भिडियो तयार हुने भट्टराईले बताए। मायाँ तोडिएपछि बेहुली–बेहुला बन्ने योजना असफल भएपछि बहुला भएको मुख्य कथावस्तु गीतमा रहेको भट्टराईले बताए।

गीतले युवापिँढी सबैको मन जित्नेमा आफू विश्वस्त रहेको उनले बताए।