बालिकालाई मिसेस क्विनको उपाधि


काठमाडौंकी फेसन डिजाइनर बालिका अधिकारी१६ प्रतिस्पर्धीलाई उछिन्दै
मिसेस क्विन नेपाल–२०१७ भएकी छिन्।

इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारेर राजधानीमा आयोजना गरेको प्रतियोगितामा अधिकारीले क्राउनसहित हिरोको स्कुटर र विभिन्न उपहार प्राप्त गरिन्।

प्रतियोगितमा स्यान्डी भण्डारी फस्ट र निकिता पाण्डे सेकेन्ड रनर्सअप भइन्। पूर्व मिस नेपाल उषा खड्गीको कोरियोग्राफीमा भएको प्रतियोगितामा गायिका बबिता मानन्धर मिस ट्यालेन्ट, स्यान्डी भण्डारी बेस्ट पर्सनालिटी, करुणा श्रेष्ठ मस्ट ब्युटिफुल, आस्मा पुन मगर बेस्ट स्किन, बालिका अधिकारी बेस्ट हेयर, अनीता श्रेष्ठ बेस्ट क्याटवक, सुविना शाक्य मस्ट पपुलर, सरला थापा मस्ट फोटोजेनिक र मोनिका श्रेष्ठ बेस्ट फिगर भए।

प्रतियोगितामा गायक आनन्द कार्की, हेयर स्टालिस्ट निल डेभिड कटुवाल, अभिनेता मणिराज लबट, अभिनेतृ हिसिला महर्जन, फोटोग्राफर राजभाइ सुवाल, मेकअप आर्टिस्ट रुस्का वैद्य निर्णायक रहेका थिए।