महिला कर्मचारीको कपाल काट्ने कमान्डर कारबाहीमा


अबुजा, (एजेन्सी)
नाइजेरिया सडक सुरक्षा संगठनका एक वरिष्ठ अधिकारीले महिला कर्मचारीहरूमाथि अनुशासनको कारबाही गर्ने क्तममा उनीहरूको कपाल काटिदिएपछि ठूलो विवाद भएको छ।

उत्तः घटनालाई लिएर उत्तः संगठनले ती अधिकारीमाथि पनि कारबाही गरेको छ। अधिकारीले महिला कर्मचारीको कपाल काटिरहेको भिडियो र तस्वीर सामाजिक सन्जालमा व्यापक भाइरल भएको थियो। ती तस्वीर अनलाइन भएपछि त्यसको व्यापक आलोचना भएको थियो।

यद्यपि महिला कर्मचारीहरूको कपाललाई लिएर सुरक्षा संगठनको आफ्नो नियम छ। तर संगठनको प्रवक्ताले अधिकारीको उत्तः कारबाही ती नियमअन्तर्गत नपर्ने प्रस्ट पारेका छन्।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीका सहयोगी लरेटा ओनारीले ट्विटरमा उत्तः घटनाको कडा निन्दा गर्दै यसरी महिलाको कपाल काट्नु महिलाको अपमान भएको उल्लेख गरेका छन्।

एन्ड्रयु कुमापाई नामका ती कमान्डर आफैले सोमबार पोर्ट हारकोर्टमा एक परेडका क्तममा कयौं महिला कर्मचारीको कपाल कैंचीले काटेका थिए।

संगठनको आधिकारिक नियमअनुसार महिलाहरूको हेयर स्टाइल टोपीले छोप्न मिल्ने गरी बनाउन पाउने भन्नेछ। संगठनले लामो कपालमाथि कुनै प्रतिबन्ध लगाएको छैन। महिलाहरूको कपाल काट्दै गरेका अधिकारीहरूको तस्वीर संगठनको फेसबुकको पेजमा पनि आएको थियो तर अहिले त्यसलाई हटाइएको छ। उत्तः पोस्टमा एन्ड्रयु आफ्ना कर्मचारीको कपाल, युनिफर्म र नङको निरीक्षण गरिरहेको लेखिएको थियो।

संगठनका प्रवक्ताले उत्तः घटनामा संलग्न सबै अधिकारीविरुद्ध कारबाही गरिएको र यस मामिलामा जाँच पूरा नभएसम्म पदबाट हटाइएको जानकारी दिए।