बिस्केटको लिङ्गो भाँचिँदा १ को मृत्यु, ५ घाइते



पुष्कर बुढाथोकी, भक्तपुर
भत्तःपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत््त््व बोकेको बिस्केट जात्राको चौथो दिन बिहीबार साँझ ५५ हात लामो लिङ्गो उठाउने क्तममा भाँचिएपछि १ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन्।

लिङ्गो उठाउने क्तममा साँझ भाँचिएको हो। लिङ्गो भाँचिँदा किचिएर परिचय नखुलेका अन्दाजी ३० वर्षका एक जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर भत्तःपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो। घाइते हुनेमा कमलविनायकका रत्नभत्तः दुवाल (रामकृष्ण), सूर्यविनायकका अर्जुन सुवाल, टौमढीका बालकृष्ण लोला, सूर्यविनायककै सुमन तज र स्थानीय सुरेन्द्र खाइतु रहेका छन्। खाइतुको सिद्घी स्मृति अस्पताल जगाती र अन्य घाइतेको भत्तःपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एउटा लिङ्गो भाँचिए तयारी अवस्थामा राखिएको अर्को लिङ्गो क्षमा पूजा गरी उठाउने चलन छ। तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा साँझ हजारौं जात्रालुको सहभागीतामा उठाइन्छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उठाउने गरिन्छ।

दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ हातसहितको नागनागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ। लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याउने चलन छ। लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको जात्रा मनाइन्छ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ। लिङ्गोको कोखामा झुण्डइइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।

लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने क्तममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन्। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ। बिस्केटको पाँचौँ दिन अर्थात नयाँ वर्ष वैशाख १ गते ५५ हाते लामो लिङ्गो ढालिन्छ। त्यसको लगतै खँला टोलम भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्