नेपाल–चीन संयुत्तः सैन्य अभ्यास आइतबारदेखि

0
Shares

काठमाडौं, (नेस)
नेपाली सेना र चिनियाँ सेनाबीच संयुत्तः सैन्य तालिम आउँदो आइतबारदेखि शुरू हुने भएको छ। नेपालमा पहिलोपटक नेपाल र चीनका सेनाबीच संयुत्तः सैन्य अभ्यास हुन लागेको सैनिक जनसम्र्पक निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

तालिम यही वैशाख १२ गतेसम्म हुने जनाइएको छ। निर्देशनालयले छिमेकी तथा मित्रराष्ट्रका सेनासँग सञ्चालन हुँदै आएका संयुत्तः तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्तममा यसपटक चीनका सेनासँग संयुत्तः सैन्य तालिम सञ्चालन गर्न लागिएको जनाएको छ।

निर्देशानालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विश्वमा अहिले गम्भीर सुरक्षा चुनौतिका रूपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर राखी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुत्तः अभ्यास गर्न लागिएको हो।’

निदेशनालयले संयुत्तः सैन्य तालिमबाट आफ्नो ज्ञान, सीप तथा अनुभवहरू आदान प्रदान गरी पेशागत क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने र दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ मजबुत हुने विश्वाससमेत व्यत्तः गरेको छ। तालिम विपद् व्यवस्थापनलगायत अन्य साझा सरोकारका विषयवस्तुहरूमा केन्द्रित रहने बताइएको छ।