ढुंगेललाई सात दिनभित्र पक्तन सर्वोच्चको आदेश

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्ताउ गर्न सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ।

सर्वोच्च अदालतले दिएको आदेशमा ढुंगेललाई तत्काल पक्ताउ गरी फैसलाबमोजिम कैदमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। २०६६ पुस १९ गते सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय हुने ठहर भई फैसलाबमोजिम निजको बेरुजु कैद १२ वर्ष ५ महिना २२ दिन असुलउपर गर्न कसुरदार ढुंगेललाई अविलम्ब पक्ताउ गरी कैद राख्ने व्यवस्था गर्न आदेश दिइएको छ।

लिखित निर्देशनमा भनिएको छ– ‘अदालतबाट सर्वस्वसहितको जन्मकैद फैसला सुनाइएका कसुरदार ढुंगेललाई पक्ताउ गरी फैसला कार्यान्वयन गर्न सहयोग गर्ने काम सरकारबाट नभएको र गृह प्रशासनबाट समेत मातहत प्रहरी निकायलाई अदालतको फैसला कार्यान्वयन गर्नेतर्फ ठोस आदेश तथा निर्देशन नभएको महसुस हुन आएको छ।’

उत्तः निर्देशन पत्रमा ढुंगेलको ‘सर्वोच्च अदालतको फैसला मान्दिनँ, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेशलाई खारेज गरिदिन्छु जस्ता अभिव्यक्तिले सर्वसाधारणमा अदालतप्रति अनास्था सिर्जना गरी अदालतको फैसलालाई नमान्ने स्थितिको सिर्जना गराएको उल्लेख गरिएको छ। अदालतले ढुंगेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा तत्काल पक्ताउ गरी कैद गर्न आदेश दिएको हो। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो।