बुद्ध एयरलाई एफएनसीसीआई गोल्ड अवार्ड

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले ५०औं वर्ष पूरा गरेको उपलक्ष्यमा बुद्ध एयरलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई उक्त अवार्ड प्रदान गर्नुभयो।

बुद्ध एयरले आन्तरिक उडानका अलावा भारतको वाराणसीमा नियमित र भुटानको पारो चार्टड उडान गर्दै आएको छ।

पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्य मुलुकसँग पनि सिधा उडान गर्ने बुद्ध एयरको योजना रहेको छ। कम्पनीको सफलताका पछाडि यात्रु, ट्राभल एजेन्सी, विभिन्न व्यावसायिक संस्था तथा कर्मचारी रहेको प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो।