पीसीसी बैठकमा सिलवाल गएनन्

0
Shares

काठमाडौं, (नेस)
नेपाल प्रहरीको प्रमुखमा नियुक्त हुनुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पद बहाली गरेपछि पहिलो पटक बोलाउनुभएको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा आईजीपीका दाबेदार डीआईजी नवराज सिलवाल अनुपस्थित हुनुभएको छ। चेन अफ कमान्डमा चल्ने प्रहरी संगठनमा आईजीपीले बोलाएको बैठकमा उपस्थित नभएको भन्दै प्रहरी उच्च अधिकारीहरुबीच चर्चा भएको थियो।

प्रहरी प्रमुखले बोलाएको बैठकमा डीआईजी सिलवाल कुनै जानकारी नै नदिई अनुपस्थित रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। राजीनामा नदिएको अवस्थामा कसैले पनि त्यस्तो बैठकमा अनुपस्थिति जनाउने चलन नभएको बताइएको छ।

नवनियुक्त आईजीपी अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो। सो अवसरमा अर्याललाई सलामीसमेत दिइएको थियो। कार्यक्रममा आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द भने सहभागी हुनुभएको थियो। तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालतमा रिट हाल्न जानुभएको बताइएको छ।