महासंघमा नयाँ नेतृत्व

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार नयाँ नेतृत्व आएको छ। महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष हुनुभएको छ। महासंघको आधा शताब्दी लामो इतिहासमा राणा पहिलो महिला अध्यक्ष बन्नुभएको हो।

बाँकी पदका निम्ति मंगलबार निर्वाचन भएको थियो। उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छाले जिल्लाको ५० प्रतिशत मतभारमध्ये २९ दशमलव ६१ प्रतिशत, एसोसिएटतर्फको ३० प्रतिशत मतभारमध्ये २४ दशमलव १० प्रतिशत र वस्तुगततर्फको २० प्रतिशत मतभारमध्ये ९ दशमलव ५९ प्रतिशत गरी जम्मा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले जिल्लातर्फ २० दशमलव ३९ प्रतिशत, एसोसिएटतर्फ ५ दशमलव ९० प्रतिशत र वस्तुगततर्फको १० दशमलव ४१ प्रतिशत गरी जम्मा ३६ दशमलव ७० प्रतिशत मत प्राप्त गर्नुभएको थियो।

औपचारिक घोषणाअघि नै प्रधानले हार स्वीकार गर्दै गोल्छालाई बधाई दिनुभएको थियो। गोल्छा र प्रधान प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। गोल्छाले दुई तिहाइभन्दा बढी सदस्यसहित विजयी भएको दाबी गर्नुभएको छ।

महासंघको जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठ ५५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी गोल्छा समूहका दिनेश श्रेष्ठले ४८ मत प्राप्त गर्नुभएको थियो भने तीन मत बदर भएको थियो।

त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा गोल्छा समूहका उमेशलाल श्रेष्ठले ४९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी प्रधान समूहका शंकरप्रसाद पाण्डेले ३८ प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार अनुपबहादुर मल्लले ११ मत प्राप्त गर्नुभएको छ, १ मत बदर भएको थियो।

महासंघका ६४ पदमध्ये ५७ पदका लागि ९७ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। बाँकी पदमा निर्विरोध भएका थिए। जसमा एसोसिएटतर्फको उपाध्यक्षमा गोल्छा समूहका चन्द्रप्रसाद ढकाल, प्रदेश नम्बर २ बाट गणेश प्रसाद लाठ (वीरगन्ज), प्रदेश नम्बर ३ बाट गोल्छा समूहका कमलकुमार श्रेष्ठ (सिन्धुपाल्चोक), प्रदेश नम्बर ५ बाट गोल्छा समूहका भीमबहादुर थापा क्षेत्री (नवलपरासी), प्रदेश नम्बर ७ बाट प्रकाशबहादुर साउद (डडेलधुरा), संस्थापक सदस्यको तर्फबाट अविनाश बोहरा र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा अजय मुडभरी निर्विरोध भएका थिए। त्यस्तै प्रदेश नम्बर १ बाट रोहितप्रसाद प्रसाई (इटहरी) १३ , प्रदेश नम्बर ४ बाट निर्माणकुमार श्रेष्ठ (बाग्लुङ) १०, प्रदेश नम्बर ६ बाट लंकमान रोका (डोल्पा) ६ मत प्राप्त गर्दै विजयी भएका छन्।

यसैगरी जिल्ला तथा नगरतर्फ १८ सदस्यमध्ये १६ जना गोल्छा समूहबाट विजयी भएका छन्। जसमा उमेश डालमिया (झापा) ९०, सुरकृष्ण वैद्य (काभ्रे) ८६, राजन श्रेष्ठ (नुवाकोट) ८२, मनिषलाल प्रधान (ललितपुर) ८०, कृष्णप्रसाद शर्मा (सिद्धार्थनगर) ७८, कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज) ७८, दीपक लम्साल ७८ (स्याङ्जा), कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची) ७५, ध्रुवराज श्रेष्ठ भारी (दाङ) ७४, राजेन्द्रकुमार श्रेष्ठ (सिन्धुपाल्चोक) ७३, दिलसुन्दर श्रेष्ठ (धुलिखेल) ७२, निरक केसी (सुर्खेत) ७१, किशोरकुमार आचार्य ६८ (रोल्पा), सुरेन्द्रप्रसाद श्रेष्ठ (बुटवल) ६८, चन्द्रकान्त अधिकारी (धादिङ) ६५, राजकुमार न्यौपाने (मकवानपुर) ६३, कल्याण जोशी (चितवन) ६१, देवकुमार श्रेष्ठ (तनहुँ) ५८ र सुदर्शन कार्की (दोलखा) ५८ मत प्राप्त गर्दै विजयी भएका छन्, खसेको मतमध्ये ५ वटा बदर भएको थियो।

वस्तुगततर्फ १४ कार्यकारिणी सदस्यमा ८ वटा सदस्य गोल्छा समूहले जितेको छ भने तीन वटा सदस्य प्रधान समूहले जितेको छ। गोल्छा समूहबाट अन्जन श्रेष्ठ (नाडा) ७३, आकाश अधिकारी, (चलचित्र निर्माता) ५६, कमला श्रेष्ठ (सौन्दर्यकला) ५२, विनोद ढकाल (क्यान) ५५, सन्दिपकुमार अग्रवाल (वनस्पति घ्यू) ७१, हेमराज ढकाल (चिया उत्पादक) ५१, प्रकाशसिंह कार्की (फ्रेट फरवार्डर्स) ६१, जयप्रकाश शिवाकोटी (भन्सार एजेन्ट) ५१ र सुरेन्द्रकुमार श्रेष्ठ (निर्यात) ५१, मत प्राप्त गर्दै छन् भने प्रधान समूहबाट सकुन्ताल हिराचन (निर्माण) ६१, शिवप्रसाद घिमिरे (एलपी ग्यास) ५९, र डा. तिलचन्द्र भट्टराई (दाना) ५३ मत प्राप्त गर्दै विजयी भएका छन्। तर, खेमराज पन्त कुरियर), नरेशलाल श्रेष्ठ (ऊनी फेल्ट), रवीनकुमार श्रेष्ठ (फुटवेयर) र सुनीलगोपाल श्रेष्ठको (मसलन्द) समान ५० मत गरेपछि गोलाप्रथा हुँदा रवीनकुमार श्रेष्ठ (फुटवेयर) र सुनीलगोपाल श्रेष्ठ विजयी भएका छन्।

यस्तै एसोसिएटतर्फको १९ वटा सदस्यमध्ये सबैजना गोल्छा समूहका विजयी भएका छन्। ओमबहादुर राजभण्डारी (बृहत् इन्भेष्टमेन्ट) ५९६, ज्ञानेन्द्रलाल प्रधान (हाइड्रो सोलुसन्स) ५८९, अशोककुमार तोदी (हनुमान मेटल्स) ५८६, प्रवलजंग पाण्डे (लोमस फर्मास्युटिकल्स) ५८६, गोपाल खनाल (मेगा कलेज) ५८५, सौरभ ज्योति (भाजुरत्न इन्जिनियरिङ) ५८५, भरतराज आचार्य (टीएसएन प्लाफ्टकेयर) ५८४, विजयसिंह वैद्य (सालिमार सिमेन्ट) ५८२, मंगेशलाल श्रेष्ठ (कास ट्रेडिङ) ५५९, आनन्दकुमार बगरिया (प्रोवायोटेक) ५५१, साहिल अग्रवाल (जगदम्बा स्टिल) ५४८, रञ्जितराज आचार्य ५४६ (निलबाराही फिल्म), सुनील नारायण श्रेष्ठ (नारायण इन्डष्ट्रिज) ५४६,अशोककुमार टेमानी (एस इन्टरनेसनल) ५४१, राजेशकुमार अग्रवाल (सिद्धार्थ पेन्ट) ५३६, रामशरण थपलिया (सफिसियन्ट कार्गाे) ५२९, ज्योत्सना श्रेष्ठ सुब्बा (सयपत्री ज्वेलर्स) ४९६, कृष्णप्रसाद दुलाल (पीएलओ) ४६०, मनिषकुमार अग्रवाल (लुम्बिनी चिनी) ४५८, मत परिणामअनुसार गोल्छाले स्पष्ट दुई तिहाई बहुमत प्राप्त गरेको हुँदा गोल्छा समूहले कोषाध्यक्षमा अघि सारेका ज्ञानेन्द्रलाल प्रधानलाई बाटो सहज भएको छ। महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिले कोषाध्यक्ष चयन गर्ने छ।