नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन पहिलो महिला अध्यक्ष, ६४ पदमा ९७ जनाको प्रतिस्पर्धा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज मंगलबार निर्वाचन हुँदै छ। महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा मंगलबारदेखि स्वतः अध्यक्ष हुनुहुनेछ। महासंघको आधा शताब्दी लामो इतिहासमा राणा पहिलो महिला अध्यक्ष हुनुहुनेछ।

आज हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई केन्द्रमा राखेर दुईवटा प्यानल प्रतिपस्र्धामा रहेको छ। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोरकुमार प्रधान प्रतिस्पर्धामा छन् दुवै प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन्। दुई पक्षले स्पष्ट प्यानल घोषणा गरेपछि महासंघमा आबद्ध सदस्यलगायत पूर्वअध्यक्ष पनि दुई खेमामा विभाजित भएका छन्। हालको कार्यसमितिमा गोल्छा एसोसिएटतर्फ र प्रधान जिल्ला तथा नगरतर्फबाट उपाध्यक्ष हुन्। महासंघका ६४ पदका लागि ९७ जना चुनावी प्रतिस्पर्धामा देखिएका छन्। यसपटक करिब १४ सय जना मतदाता रहेको महासंघले जनाएको छ। यसअघि एसोसिएटतर्फको उपाध्यक्षसहित ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्रदेश नम्बर २ बाट गणेश प्रसाद लाठ (वीरगन्ज), प्रदेश नम्बर ३ बाट कमल कुमार श्रेष्ठ, प्रदेश नम्बर ५ बाट भीमबहादुर थापा क्षेत्री, प्रदेश नम्बर ७ बाट प्रकाशबहादुर साउद (डडेलधुरा), संस्थापक सदस्यको तर्फबाट अविनाश बोहरा र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा अजय मुडभरी निर्विरोध भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोरकुमार प्रधान, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अनुपबहादुर मल्ल र शंकरप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेश नम्बर १ बाट रोहितप्रसाद प्रसाई (इटहरी), लालचन्द गोंगुवा तामाङ (धनकुटा) प्रदेश नम्बर ४ बाट बाबुराम गिरी (लेखनाथ उद्योग वाणिज्य संघ), निर्माणकुमार श्रेष्ठ (बाग्लुङ) प्रदेश नम्बर ६ बाट शान्तिप्रसाद शर्मा (दैलेख), लंकमान रोका (डोल्पा) बीच प्रतिस्पर्धा हुँदै छ।

यसैगरी जिल्ला तथा नगरतर्फ १८ वटा सदस्य पदमा कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची), सुदर्शन कार्की (दोलखा), दीपक लम्साल (स्याङ्जा), राजन श्रेष्ठ (नुवाकोट), सुरकृष्ण वैद्य (काभ्रे), चन्द्रकान्त अधिकारी (धादिङ), राजकुमार न्यौपाने (मकवानपुर), मनिषलाल प्रधान (ललितपुर), कृष्णप्रसाद शर्मा (सिद्धार्थनगर), दिलसुन्दर श्रेष्ठ (धुलिखेल), निरक केसी (सुर्खेत), राजेन्द्रकुमार श्रेष्ठ (सिन्धुपाल्चोक), देवकुमार श्रेष्ठ (तनहुँ), कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज), किशोरकुमार आचार्य (रोल्पा), धु्रवराज श्रेष्ठ भारी (दाङ), उमेश डालमिया (झापा), सुरेन्द्रप्रसाद श्रेष्ठ (बुटवल), भुवनलाल श्रेष्ठ (मकवानपुर), निर्मलकुमार चौधरी (जनकपुर), गजेन्द्रकुमार भगत (त्रियुगा), लोकविक्रम थापा (कञ्चनपुर), मनोजकुमार मुन्दडा (सप्तरी), कल्याण जोशी (चितवन), सुशीला सापकोटा (इलाम), दीपेन्द्रकुमार खत्री (तुलसीपुर), पशुपतिबहादुर खड्का (रामेछाप), नरवीर रावत (मुगु)

त्यस्तै वस्तुगततर्फको सदस्य १४ सदस्यमा कमला श्रेष्ठ (सौन्दर्यकला), हेमरत्न शाक्य (हस्तकला), अञ्जन श्रेष्ठ (नाडा), लोकनाथ गैरे (फ्लोरिकल्चर), जयप्रसाद शिवाकोटी (भन्सार एजेन्ट), सन्दीपकुमार अग्रवाल (वनस्पति घ्यू), हेमराज ढकाल (चिया उत्पादक), विनोद ढकाल (क्यान), सुरज बज्राचार्य (कपडा), सुनीलगोपाल श्रेष्ठ (मसलन्द), सुरेन्द्रकुमार श्रेष्ठ (निर्यात), खेमराज पन्त (कुरियर), रवीनकुमार श्रेष्ठ (फुटवेयर), भक्तबहादुर हमाल (रसायन), आकाश अधिकारी (चलचित्र निर्माता), चण्डीप्रसाद अर्याल (तयारी पोशाक), नरेशलाल श्रेष्ठ (ऊनी फेल्ट), हेमराज बडाल (पशुपंक्षी औषधि), डा. तिलचन्द्र भट्टराई (दाना), शिवप्रसाद घिमिरे (एलपी ग्यास), हंसराज वाग्ले (वैदेशिक रोजगार), गोविन्द घिमिरे (हर्बल), सन्तोष श्रेष्ठ (विज्ञापन), तुलसीराज गिरी (मत्स्य), सकुन्तलाल हिराचन (निर्माण), दीपकबहादुर शाही (सौर्य विद्युत्), प्रकाशसिंह कार्की (फ्रेट फरवार्डर्स)
यस्तै एसोसिएटतर्फको १९ वटा सदस्य पदमा मनिषकुमार अग्रवाल (लुम्बिनी चिनी), भरतराज आचार्य (टीएसएन प्लाफ्टकेयर), कृष्णप्रसाद दुलाल (पीएलओ), प्रवलजंग पाण्डे (लोमस फर्मास्युटिकल्स), साहिल अग्रवाल (जगदम्बा स्टिल), भेषराज अर्याल (खिलुङ कालिका एजुकेसन), गोपाल खनाल (मेगा कलेज), ज्योत्सना श्रेष्ठ (सयपत्री ज्वेलर्स), ज्ञानेन्द्रलाल प्रधान (हाइड्रो सोलुसन्स), ओमबहादुर राजभण्डारी (बृहत् इन्भेष्टमेन्ट), राजेशकुमार अग्रवाल (सिद्धार्थ पेन्ट), बासुदेवप्रसाद गौतम (ओम निटिङ), अशोककुमार टेमानी (एस इन्टरनेसनल), सौरभ ज्योति (भाजुरत्न इन्जिनियरिङ), रामशरण थपलिया (सफिसियन्ट कार्गाे), रञ्जितराज आचार्य (निलबाराही फिल्म), सुनील नारायण श्रेष्ठ (नारायण इन्डष्ट्रिज, आनन्दकुमार बगरिया (प्रोवायोटेक), विजयसिंह वैद्य (सालिमार सिमेन्ट), अशोककुमार तोदी (हनुमान मेटल्स), मंगेशलाल श्रेष्ठ (कास ट्रेडिङ), अखिलकुमार चापागाईं (अखिल ट्रेडिङ) प्रतिस्पर्धामा उत्रिएका छन्।