प्रेरणाको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र पुत्री प्रेरणाको स्वास्थ्य स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ। नर्भिक अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा प्रेरणालाई सेरिब्रल भेनस साइनस् थम्बोसिस भएकाले सोहीबमोजिम उपचार गरिरहेको जनाइएको छ।

नर्भिक अस्पतालका स्नायु रोग विशेषज्ञ डा. पंकज जलान र प्रेरणाकी पारिवारिक चिकित्सक डा. किशोरजङ राणा उहाँको उपचारमा संलग्न रहेको जनाइएको छ।

विज्ञप्तिमा उहाँको स्वास्थ्यको बारेमा समय–समयमा हस्पिटलबाट जानकारी गराइने जनाइएको छ। शनिबार अचानक अस्वस्थ्य भएपछि उहाँलाई उपचारार्थ नर्भिक भर्ना गरिएको थियो। उहाको स्वाथ्य स्थितिबारे जानकारी लिन आइतबार दिनभर शुभचिन्तक र आफन्तको नर्भिकमा भीड लागेको थियो।