स्वराको पछुतो

0
Shares

बलिउडमा नायिका स्वरा भाष्करको नाम अर्थपूर्ण फिल्म गर्ने अभिनेतृको रूपमा लिइन्छ। रांझना, निल बटे सन्नाटा तथा अनारकली अफ आराजस्ता फिल्ममा उनले दमदाररूपमा बलिउडको टिपिकल हिरोइनको भूमिका निर्वाह गरेकी छिन्। तर, स्वरालाई लाग्छ छ कि उनी गलत समयमा बलिउडमा प्रवेश गरिन्।

ुमैले खेलेका सबै फिल्ममा मेरो भूमिका परर्फमेन्सवाला थियो। चाहे त्यो व्यवसायिक फिल्म नै किन नहोस्। प्रेम रतन धन पायोजस्तो व्यवसायिक फिल्म नै किन नहोस्, त्यस फिल्ममा समेत मेरो भूमिकामा आत्मसम्मानको भावना थियोु, एक भारतीय सञ्चारमाध्मसँगको कुराकानीमा उनले भनेकी छिन्( ुउक्त फिल्ममा म आफ्नो हकका लागि आवाज उठाउने महिलाको भूमिकामा थिएँ। तर, नोटेबेल हुन सकिनँ।ु

हिजो-आज अधिकांश अभिनेतृ सब्जेक्ट बेस्ड फिल्म मात्र गर्ने चाहना राख्छन्, तर स्वरा भने टिपिकल बलिउड हिरोइनको रोल निर्वाह गर्न चाहन्छिन्। स्वरा आफ्नो फिल्मी इमेजभन्दा पर सरेर रुखको वरपर नाच्ने-गाउने वाला रोल गर्न उत्सुक छिन्। ुम बच्चाबेला देखि नै बलिउड देख्दै ठूली भएकी हुँ। त्यसैले मलाई रुखको वरपर नाच्ने-गाउने खालको भूमिकामा खेल्न निकै मन छ। तर, मलाई यस्तो खालको भूमिका कसैले पनि दिँदैनन्ु, उनले पछुतो मान्दै भनेकी छिन् – सायद म गलत समयमा बलिउडमा प्रवेश गरें। किनभने हिजो(आज यस्तो फिल्म पनि निकै कम मात्रामा बनेका छन्।