भाग्यशाली क्यानाडाली दम्पती ज्याकपट विजयी


टोरोन्टो, (एजेन्सी)
चिट्ठा जित्नु भनेको ठूलो भाग्यको खेल हो। यो एकाध जीवनमा आउनु पनि ठूलो भाग्य हो। तर एक क्यानाडाली दम्पती तेस्रो पटक चिट्ठा विजयी भएका छन्। यो पटक उनीहरूले ८२ लाख क्यानाडाली डलरको ज्याकपट जितेका हुन्।

बारबार र डगलस फिन्क नामका यो दम्पतीले यसअघि सन् १९८९ र सन् २०१० मा चिट्ठा जितेका थिए। वेस्टर्न क्यानाडाका तर्फबाट जारी विज्ञप्तिमा फेब्रुअरीको ज्याकपट अहिलेसम्मकै सबैभन्दा ठूलो भएको उल्लेख गरिएको छ।
एडम्यान्टनका ती दम्पतीले चिट्ठाको पैसाको उपयो आफ्ना सन्तानका लागि गर्ने बताएका छन्। बारबारा फिन्कले चिट्ठा आयोजकहरूलाई भने– ‘परिवार पहिला आउँछ। हामी हाम्रा छोरीहरू र हाम्रा नातिनातिनाहरूको राम्रो हेरचाह होस् भन्ने चाहना राख्छौं।

चिट्ठाबाट प्राप्त पैसाको केही हिस्सा उनीहरू आफ्नै लागि खर्च गर्ने योजनामा छन्। उनीहरूको योजना घुमफिर गर्ने र एउटा घर किन्ने रहेको डगलसले बताए। बारबारले एउटा नयाँ घर चाहेकी र उनले एउटा नयाँ घर पाउने उनले थपे।

यसअघि सन् १९८९ मा १ लाख २८ हजार क्यानाडाली डलरको चिट्ठा जितेपछि डगलस फिन्कले उक्त पैसा आफ्ना चार जना मित्रसँग बाँडचुँड गरेका थिए। सन् २०१० मा पनि उक्त दम्पतीले एक लाख क्यानाडाली डलर जितेका थिए।
यो वर्ष चिठ्ठा किन्ने यो दम्पती ती दुई खरिदकर्ता मध्यमा परेका छन् जसले चिट्ठाको सबै ६ वटा अंकको सही अनुमान गरेका थिए।