हिसिला यमीले माफी माग्दै भनिन– चेत गुमाएर देश खारेज गर भनि नारा लगाएछु



 

नेपाल समाचारपत्र, काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिने क्रममा ‘देश खारेज गर’ को नारा लगाएको भन्दै चर्कौ आलोचनामा परेकी नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् ।

प्रहरी धरपकडका क्रममा झण्डै एक घन्टा आफू अर्धमूर्छित हुन पुगेको लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेशमा होस गुमाएर अर्धचेत अवस्थामै नाराबाजी गरेको यमीले बताईन । उनले नाराबाजी पछि पति डा. बाबुराम भट्टराई लगायतले सम्हालेको बताएकी छिन ।

मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको उनले सोमबार पत्रकार सम्मेलन गरेर बताइन् । प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।

नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख समेत रहेकी यमीलेस्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन पुगेको बताएकी हुन ।

प्रतिक्रिया दिनुहोस्