संबिधान संशोधन चुनाब नगर्ने वहाना हो– एमाले महासचिब पोखरेल


दुर्गाप्रसाद शर्मा, पर्वत
नेकपा (एमाले) का महासचिब इश्वर पोखरेलले संबिधान संशोधनको कुरा मुलुकमा चुनाब नगर्ने वाहना मात्र भएको बताएका छन ।

पर्वतको मोदी गाँपालिकामा एमालेको गाउँपालिका संगठन कमिटीको कार्यालय उद्घाटन गर्दै मुलुक पुर्णरुपमा निर्वाचनमा होमिएको बेला संबिधान संशोधनको कुरा उठाएर चुनाब नगर्ने वहाना खोजिएको बताएका हुन ।

‘मुलुक अहिले सम्पुर्ण रुपमा निर्वाचनमा होमिएको छ, अब सबै चुनाबमा लाग्नुको बिकल्प छैन’ उनले भने भने ‘यस्तो समयमा संबिधान संशोधनको कुरा उठाउनु चुनाब नगराउने चालबाजी बाहेक अरु हुनै सक्दैन’ अहिले जनताले बलिदानीबाट ल्याएको संबिधान र देश बिरोधी कुरामा एमालेको कुनै समर्थन नहुने पनि स्पष्ट पारे ।

एमाले महासचिब पोखरेलले अहिले संबिधान संशोधनका लागि अघि सारिएका मागहरु पनि एमालेका लागि अस्विकार्य भएको बताए । उनले अहिले हिन्दी भाषालाई सबै सरकारी कामकाजको भाषा बनाउने भित्री योजना अनुसार ल्याइएको संशोधन कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताए ।

ठुलो संख्यमा उपस्थित कार्यकर्तालाई असिनापानीमा रुझेरै सम्बोधन गरेका महासचिब पोखरेलले निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा स्थापित गर्न आजै देखि सबै एकजुट भएर लाग्न निर्देशन पनि दिए ।

‘यो चुनाबरुपी लडाईमा एमााले नै सबैभन्दा ठुलो पार्टी बन्नुपर्छ’ उनले भने ‘प्रतिष्पर्धीहरुलाई गतिलो जवाफ दिनका लागि पनि यो चुनाब एमालेले एकलौटी रुपमा जित्न आवश्यक छ’ एमाालेको सरकारले जनमुखी काम गर्दा हरेक समय सरकारबाट हटाउने काम भएको बताउँदै महासचिब पोखरेलले एमाले नै जनताको सच्चा प्रतिनिधित्व गर्ने पार्टी हो भन्ने कुरा स्थापित गर्ने माध्यम नै निर्वाचन भएकाले एमाले बिरोधीलाई निर्वाचनबाटै ठेगान लगाउन जरुरी भएको बताए ।

बारामा निर्वाचन अभियानमा एमाले अगाडि
कलैया पन्नबागस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा शनिबार दिउसो कार्यकर्ताको बाक्लो भिड लागेको देखिन्थ्यो । स्थानीय तहको निर्वाचन मिति नजिकिदै तयारी तिब्र पारेको एमालेमा टिकटका आकाक्षी कार्यकर्ताको सक्रियताले पार्टी कार्यालयमा चहलपहल बढेको हो ।

‘बैठक, भेला र भेटघाट बढेको छ, एमाले जिल्ला कमिटी अध्यक्ष सुन्दर विकले भने, पार्टीले चुनावी तयारीको शुरु गरेपछि कार्यकर्तालाई भ्याइनभ्याइ छ ।’ उनले सदरमुकाम कलैया जस्तै जिल्लाका सबै गाउ“मा चुनावी गतिविधि तिब्र पारिएको सुनाए ।

मधेसी मोर्चाको बिथोल्ने धम्कीले निर्वाचन प्रभावति हुन सक्ने आशंका कायम रहदा एमालेले भने आफनो अभियानलाई तिब्र पार्दै आएको छ । संविधान संशोधनमा मोर्चाको माग बेवास्ता र स्थानीय तहको निर्वाचन तयारीमा लागेको भन्दै आक्रोशित मोर्चा कार्यकर्ताको अवरोधका बाबजुद पनि एमालेले गतिविधि अघि बढाएको सहकर्मी गोकुल घोरसाइने बाराबाट जानकारी दिए ।