निर्वाचनलाई सफल पार्न साझा मिलनबिन्दू खोज्नुपर्छ – पूर्वअध्यक्ष रेग्मी



पुष्कर बुढाथोकी भक्तपुर ।
मन्त्रीपरिषरका पूर्व अध्यक्ष खिलराज रेग्मीले निर्वाचनलाई सफल पार्न सरकार र दलहरुले साझा मिलनबिन्दू खोज्नुपर्ने बताउनुभएको छ । शनिबार सूर्यविनायक नगरपालिका १ सिरुटार स्थित सिरुटार ईङ्लिस सेकेण्डरी स्कूलको १७ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न सबै दलले निर्वाचनमा भाग लिनु पर्ने बताउनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्र र जनतालाई सर्वोपरी ठानी अगाडि बढे सहमतिको बिन्दू भेटिने बताउनुभयो । पूर्व अध्यक्ष रेग्मीले स्थानीय निर्वाचनलाई प्रदेश र संसदको चुनावसंग जोडेर हेर्न नहुने बताउँदै यो निर्वाचनले दूरदराजका जनतालाई समस्या बोकेर सिंहदरबार धाउनु पर्ने समस्याबाट मुक्त गर्ने उल्लेख गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले यसलाई सफल पार्न सबै राजनीतिक दल एकजूट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

रेग्मीले आफ्नो कुरा मात्रै भन्ने तर अरुको कुरा सुन्ने र बुझ्ने प्रयास नगर्ने प्रबृत्ति त्याग्नु पर्ने औल्याउनुभयो ।शिक्षा ऐनलाई समयानुकुल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिदै उहाँले वफादार र इमान्दार जनशक्ति बनाउने शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्