चुनाव रोक्ने र सार्ने सहमति हुदैन्– उपप्रधानमन्त्री थापा


धन बस्नेत, पोखरा ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जुनसुकै कुनै सहमति र सम्झौता भए पनि चुनाव नरोकिने बताएका छन । “चुनाव बैशाख ३१ गते गर्ने सर्तमा मात्रै सम्झौता हुन्छ ।’ उनले भने— “अन्यथा चुनाव सार्ने तथा स्थगित गर्न कुनै पनि सहमति र सम्झौता हुदैँन ”।

देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गरे ।
चुनावमा सबैको सहभागिता कायम गर्न सरकार हर सम्भब प्रयास गरिरहेको उपप्रधानमन्त्री थापाले बताए । चुनाव संघारमै आइरहेका अबस्थामा असन्तुष्ट र आन्दोलनरत राजनीतिक दलहरुलाई पनि सहभागी हुने विश्वासनिय वाताबरण बनाउन सरकार प्रत्यत्नशिल रहको उनले उल्लेख गरे ।

मन्त्री थापाले अब चुनाव निश्चित रुपले हुने भएकाले चुनावनै हुदैनकी भन्ने आशंका नगर्न सबैसँग आग्रह समेत गरे । स्थानीय तहमा निर्वाचनको सबै तयारी गर्न उनले निर्देशन समेत दिए । चुनावलाई कसरी सफल बनाउने र त्यसका लागि बढी भन्दा बढीको सहभागिता कसरी गराउने भन्नेमा ध्यान दिन उनले आग्रह समेत गरे ।