म्यादी प्रहरीमा धेरैको चासो


रुकुम, (नेस)
स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि रुकुममा युवाहरूले उत्साहका साथ आवेदन दिएका छन्। म्यादी प्रहरीका लागि १३ सय भन्दा बढीले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

१३ सयमध्ये करिव ४ सय महिलाले आवेदन दिएका प्रहरी निरीक्षक थमन राम्जालीले जानकारी दिनुभयो। पूर्वम्यादी प्रहरी, पूर्वसेना तथा प्रहरीको पनि धेरै दरखास्त परेको उहाँले बताउनुभयो। १८ वर्षदेखि ५४ वर्ष उमेर समूहले आवेदन दिन सक्ने मापदण्ड तोकिएकाले आवेदन धेरै परेको राम्जालीको अनुमान छ।